शंकरनगर दुर्गादत्त माविमा पिस पोष्टर प्रतियोगिता सम्पन्न
तिलोत्तमा,२४ असोज
रुपन्देहीको तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा हार्मोनि इन ह्युम्यानिटी अर्थात् मानवतामा सहसम्बन्ध विषयमा पिस पोष्टर प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
लायन्स क्लव अफ बटौली , लियो क्लव अफ भलबारी र लायन्स क्लव अफ तुलसीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा शंकरनगर दुर्गादत्त माविका छात्राहरू क्रमश एलिक्स राई प्रथम , करिष्मा राहदी द्वितीय तथा कान्ति माविका माहरा श्रेष्ठ तृतीय भएको निर्णायक सन्जिला खड्काले बताउनुभयो ।
लायन्स क्लव अफ बटौलीका अध्यक्ष शान्ति शर्माको अध्यक्षता, सचिव रविन जोशीको संचालन तथा डिष्ट्रिक गभर्नर लायन सन्दिप कसौधनको प्रमुख आतिथ्यता तथा विद्यालयका अध्यक्ष कमल पौडेल, विद्यालयका प्राचार्य चण्डी प्रसाद पाण्डे, एरियाचिफ दीपक गौतम, रिता गुरुङ, सृष्टि गुरुङ,काशीराम अधिकारी, राजेश्वरी गौतम लगायतको उपस्थिति रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण पन्थीले बताउनुभयो ।


.png)


प्रतिकृया दिनुहोस