एमालेले गरेका राम्रा कामको जस अरुले लिए - लिला गिरी
तिलोत्तमा,२९ असोज
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले यो मुलुकको हितका लागि काम गर्ने पार्टी भनेकै नेकपा एमाले भएको ठोकुवा गर्नुभएको छ। रुपन्देहीको तिलोत्तमा १ स्थित नेकपा एमालेकोे मिसन पार्टी जागरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेकपा एमालेले गरेका राम्रा कामको जस अरुले लिने गरेको र अरुले गरेका नराम्रा कामको आरोप नेकपा एमालेलाई लगाउने गरेको बताउनुभयो । पूर्व मुख्यमन्त्री गिरीले नेकपा एमालेले गरेका राम्रा काम प्रमाणित गरेर देखाउन सक्ने बताउँदै अब अरुले चलाएका हल्लाका पछि नदौडिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य गोपाल भट्टराईले विगतका इतिहासहरू सम्झिएर वर्तमानको चुनौतिलाई सामना गर्दै भविष्यका लागि काम गर्न जोड दिनुभयो ।
लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तिलोत्तमा नगर इन्चार्ज कविराम अर्यालले आफूले के पाएँ , के गुमाएँ भन्नुभन्दा देशले के पायो के गुम्छ भन्ने कुरो ठूलो भएको बताउँदै संगठित सदस्यहरूमा पारस्परिक सहयोग र कमरेडली शैलीको भावनालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै निवर्तमान प्रदेश कमिटी सदस्य टिकाराम घिमिरेले विचारमा प्रतिवद्ध रहनु र पार्टीले लिएका नीति कार्यक्रमहरुलाई अनुसरण र कार्यान्वयन गर्नु पार्टी कार्यकर्ताको कर्तव्य भएको बताउनुभयो। घिमिरेले लाभ अवसर लिएर पार्टीलाई धोका दिनु नहुने र देश निर्माणको लागि गएको निर्वाचनमा पार्टीले बेहोरेको हारले धेरै ठूलो धक्का पुर्याएको बताउँदै उहाँले सोही करण विकासका कामहरू अवरोध भएको बताउनुभयो ।
जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरेले पार्टीमा केन्द्रको निर्णय स्वागत योग्य रहेको र त्यसलाई कार्यान्वयनमा लैजानु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
जिल्ला कमिटी सदस्य मिना भण्डारीले पार्टी केन्द्रबाट भएको निर्णयअनुसार वडाभित्र पार्टी जागरण अभियान सञ्चालन गर्दै चुनौतिहरूलाई सामना गर्ने योजना बनाई टोल तहसम्म जनताका मनोभावना बुझ्ने गरी टोल कमिटीलाई परिचालन गर्नुपर्ने बताउनुभयो ।
तिलोत्तमा नगर कमिटी अध्यक्ष मिनप्रसाद पोखरेलले पार्टी केन्द्रदेखि तल्लो तहसम्म सुधार आवश्यक रहेको र सबै जागरुक हुनुपर्ने बताउनुभयो ।
निवर्तमान नगर अध्यक्ष तामानाथ पाण्डेले पार्टीका कार्यक्रमहरूलाई सबै एकजुट भएर क्रियाशील बनाउने, जागरण अभियानको योजना अनुसार चल्नुपर्ने बताउनुभयो ।
वडा कमिटी अध्यक्ष नारायण कार्कीले शुभकामनासहित पार्टीका गतिविधि र कार्यक्रमहरूमा पार्टी सम्वद्ध कार्यकर्ताहरू अझ सशक्त भएर लाग्न आवश्यक रहेकाले सोही अनुसारको मिसन पार्टी जागरण वडा केन्द्रित योजनाको प्रस्ताव पेश गर्नुभयो । मङ्सिर २६ गते सबै वार्डमा हुने अधिवेशनका लागि यस वार्डको पनि गर्नुपर्ने हुनाले आवश्यक तयारीका लागि भेलासँग कमिटीका लागि अख्तियारी प्रत्यायोजन गर्न आग्रह गर्नुभयो। उहाँले तिलोतमा नगरपालिकाभरिमा आएका सदस्य सङ्ख्याका हिसाबले सबैभन्दा धेरै सदस्य भएको वार्ड, १९ वटा टोलमध्ये एउटा टोल बाहेक अरु सबै टोलका कमिटीहरू क्रियाशील रहेको बताउनुभयो ।


.jpeg)


प्रतिकृया दिनुहोस