इनरह्वील क्लब बुटवलद्वारा शुभकामना आदानप्रदान 


 बुटवल २९ असोज

इनरह्वील क्लब अफ बुटवलको नेपालीहरुको महान पर्वहरु विजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । क्लवको ३४२ औँ रेगुलर मिटङ सम्पन्नको अवसरमा शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा क्लवका सदस्यहरुबिच एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । 

सो अवसरमा क्लबले विभित्र समयमा गरेका कार्यक्रमहरुको बारेमा समीक्षा गरिएको थियो । क्लवका पूर्व अध्यक्ष शान्ता शाक्यको संयोजकत्वमा  विश्व शान्ति दिवसको अवसरमा रुपन्देहीका ६ इनरह्वील क्लवहरुको संयुक्त आयोजनामा बुद्ध परियति उदय विहार तिलोत्तमा ४ मा गरिएको संयुक्त कार्यक्रमको प्रतिवेदन पेस गर्नुभयो । र सो प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।

त्यसैगरी क्लवका जोइन सेक्रेटरी अनिता श्रेष्ठले बाल दिवसको अवसरमा बुटवल ३ स्थित जनज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रमको प्रतिवेदन पेश गर्नुभएको थियो भने सो प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । 

कार्यक्रममा क्लवका सल्लाहकार , पूर्व अध्यक्षहरु , बोर्ड सदस्यहरुकाु उपस्थिति रहेको कार्यक्रममा क्लवका अध्यक्ष लुना श्रेष्ठको अध्यक्षता र सचिव मिथिला श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।

प्रतिकृया दिनुहोस
↑