नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)को तेस्रो संस्करण आजबाट सुरु
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुने
काठमाडौँ,०९ कात्तिक
नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ।
पहिलो दिन नै रोमाञ्चक र उच्च प्रतिस्पर्धात्मक खेल हुनेछ। साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामन हुन लगेका हुन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे ५ बजे सुरु हुनेछ। कूल ८ टोली सहभागी यसपटक विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने छ।
यस्तै उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख तथा चौथो हुने टोलीले ३० लाख रूपैयाँ पाउनेछन्। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
विगतकै आठ फ्रेन्चाइज टोली टिम च्याम्पियन लुम्बिनी लायन्स, पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।





प्रतिकृया दिनुहोस