कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कार्तिक १२ गते हुने
काठमाडौँ,०९ कात्तिक
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ कार्तिक १२ गते हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम कार्तिक १२ गते दिउँसो २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।
समारोहमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
उनीहरूलाई निर्वाचित भएको प्रमाण पत्र र शपथग्रहण गराइनेछ।





प्रतिकृया दिनुहोस