लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

 

बुटवल,१७कात्तिक 

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त हुनुभएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियर पाण्डेयलाई सदस्य सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो। 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा देखिनै अति निकटस्थ भएर सचिवालयमा काम गरिरहनुभएको थियो। अहिले पाण्डेयलाई सदस्य सचिवमा नियुक्त गरेर लुम्बिनीको संरक्षण, व्यवस्थापन र विकासको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

सरकारले केही दिन अघि मात्रै लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका समेत रहेकी आनि छोईङ डोल्मालाई नियुक्त गरेको थियो। तर उहाँको नियुक्ति भने विवादमा परेको छ।

आनीलाई उपाध्यक्ष नियुक्त गरेसँगै लुम्बिनी बचाउ महाअभियानका अभियन्ता लगायत स्थानीयले आन्दोलन गरेका छन्। भने आनी विरूद्ध सम्पत्ति शुद्धीकरण र नागरिकताको मुद्दा विचाराधीन रहेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ। 

रुपन्देहीका स्थानीय बासिन्दा पाण्डेको नियुक्तिले लुम्बिनीमा भएको आन्दोलन मत्थर हुने सरकारको अपेक्षा रहेको छ।

प्रतिकृया दिनुहोस
↑