आज हरिबोधिनी एकादशी, तुलसीसँग भगवान् विष्णुको विवाह गरी मनाइँदै
बुटवल, मंसिर ४
आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने विश्वासका साथ यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिनामा विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ ।
हरिशयनी एकादशीका दिन मठमा रोपिएको तुलसीलाई आज विष्णुसँग विवाह गराइदिने परम्परा छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा बाँस वा निगालाको लिङ्गो र उँखुका लाक्रा गाडेर मठलाई लिपपोत गरी सिंगारेर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।तुलसी पूजा गर्ने व्रतालुले आजको दिन सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नास भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।आजका दिन काठमाडौं उपत्यकाका चार नारायण (भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण, इचंगुनारायण र विशंखुनारायण ) सहित देशभरका विष्णु मन्दिरहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ ।
आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन ९होम० गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि हवन जुरेका दिनमात्र तुलसी पूजा गर्न हुने विधि छ । यसरी चारमहिने तुलसी पूजा समापन हुन्छ ।


.jpeg)


प्रतिकृया दिनुहोस