डस्टबिन र बिरुवा पुरस्कार प्रदान गरेर मनायो बुटवल १५ ले हरितालिका तिज, रतनपुर टोल विकास संस्था प्रथम हुन सफल 

बुटवल, भदौ २६

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अहिले बिभिन्न कार्यक्रमहरु भईरहेका छन् । कतै तिजको सास्कृतिक र ऐतिहासिक महत्वका बिषयमा अन्र्तक्रिया भएका छन्, भने कतै बिभिन्न बिषयमा तिजगित प्रतियोगिता भईरहेका छन्। 

तिजपर्वको अवसरमा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा सोमबार “समानता ,स्वाभिमान र अवसर, बस्न योग्य बुटवल शहर” बिषयक टोल स्तरीय तिजगित प्रतियोगिता सम्पन्न्न भएको छ । १४ टिम सहभागी भएको प्रतियोगितामा रतनपुर टोल विकास संस्थाले प्रथम स्थान हासील गरेको छ । प्रथम भएको समुहले नगद ५ हजार रुपैया ८ पिस डस्टबिन, पारीजात ,कपुरका बिरुवा र  प्रमाणपत्र प्राप्त गरेको छ । 

दोस्रो स्थान हासिल गर्न सफल वगीया टोल विकास संस्थाले नगद ४ हजार रुपैया, डस्टबिन, पारीजात ,कपुरका बिरुवा र  प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा गोलार टोल विकास संस्था तृतिय हुन सफल भएको छ । तृतिय भएको समुहले ३ हजार रुपैया नगद ,४ पिस डस्टबिन, पारीजात ,कपुरका बिरुवा र  प्रमाणपत्र प्राप्त गरेको छ । 


त्यस्तै पिठीयाबजार टोल विकास संस्थाले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।प्रोत्साहन हुन सफल पिठियाबजार टोलबिकास संस्थाले २ हजार रुपैया नगद ,२ पिस डस्टबिन, पारीजात ,कपुरका बिरुवा र  प्रमाणपत्र प्राप्त गरेको १५ नम्बर वडाका सदस्य तथा तिजगित प्रतियोगिताका संयोजक रमा पराजुली पौडेलले जानकारी दिनुभयो ।
   

      तिजगित प्रतियोगितामा बिजेता समुह र सहभागी समुहलाई सम्मान गर्दे वडा अध्यक्ष शिब रानाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक समुहको संयोजकमा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक,लेखक डा. शालिकराम पौड्याल, सदस्यमा पत्रकार, इन्सेक मानवअधिकारकर्मी रिमा बि। सी र अर्का सदस्यमा आर.बि डान्स स्टुडियो एन्ड ड्रेस हायर सेन्टरका अध्यक्ष तथा डान्स एसोसिएसन अफ नेपाल रुपन्देहीका सदस्य  हिमाल थापा रहनुभएको थियो । 
  कार्यक्रमका प्रमुख अतिथि बुटवल नगरका प्रमुख खेलराज पाण्डेले महिलाहरुको महानपर्ब तिजको शुभकामना ब्यतm गर्दै महिलाको समग्र बिकास र सशक्तीकरणका कार्यक्रमहरु नगरले अगाडी सारेको बताउनुभयो पाण्डेले जनप्रतिनीधिको प्रयासले मात्रै वडा र नगरको विकास हुन नसक्ने बताउदै सबै नागरिकले साथ दिन आवश्यक रहेको बताउनुभयो । 

 

कार्यक्रममा बोल्दै वडा नं १५ का अध्यक्ष तथा बुटवल नगरका प्रबतmा शिब रानाले हरितालिका तिजको संस्कृति जगेर्ना गर्दै टोलको सरसफाई र हरियाली प्रबद्र्धन गर्न प्रतियोगितामा उत्कृष्ट हुने समुहलाई नगद संगै डस्टबिन र बिरुवा प्रदान गरिएको बताउनुभयो । रानाले बुटवल नगरले अगाडी सारेको “समानता ,स्वाभिमान र अवसर,बस्न योग्य बुटवल शहरको अभियानलाई सार्थक बनाउन र वडाका नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई ,अवसर ,समस्या, लगायतका बिषय पहिचान गर्न र नगरको बिकासमा टेवा पुर्याउने उदेश्यले यही बिषयमा टोल स्तरीय प्रतियोगिता गरिएको बताउनुभयो । 

पुर्बवडा नागरिक मञ्चका संयोजक रमाकुमारी खड्काले महिलाहरुको महानपर्बको अवसरमा वडामा टोल स्तरीय तिजगित प्रतियोगिताको आयोजना गरेर तिजपर्बको संस्कृति जगेर्ना गर्न जोड दिएकोमा धन्यवाद ब्यक्तm गर्दै महिलाहरुले पनि सास्कृतिक पर्वको मर्म अनुसार तिजपर्व मनाउनु पर्ने बताउनुभयो । 

नमुना महिला बिकास सहकारी संस्थाका कार्यबहाक अध्यक्ष जमुना आचार्यले तिज पर्वले बोकेको सास्कृतिक महत्व जोगाउन यस्ता खालका कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । वडाका स्वास्थ्य स्वयंसेवक महिलाहरुले स्वास्थ्य सचेतना  गराउने उदेश्य स्वास्थ्य सम्बन्धी गित प्रस्तुत गरेका थिए ।

वडा नं १५ र छिमेकी वडाका नागरिकहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको कार्यक्रममा सहभागी महिला र पुरुषले तिजका पुराना भाका स्वत स्पुर्त रुपमा गाएर मनोरञ्जन प्रदान गरेका थिए ।  कार्यक्रमको सञ्चालन पत्रकार अस्मिना पाण्डेले गर्नुभएको थियो । 

 

 


 

प्रतिकृया दिनुहोस