धौलागिरी कि चेली बागलुङ कि छोरी शर्मिला बि.सी ले जितिन साँस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८०
गायिका तथा विभिन्न चलचित्र, टेलिसिरियल ठेट नायिका शर्मिला ले सास्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० मार्फत डकुमेन्ट्री फिल्म (उठेको बस्ती) को अभिनय बिधा बाट अवार्ड जित्न सफल भएकी छन। २०५० साल ७ महिना ३० गते बाग्लुङ जिल्लाको दक्षिण भेग बरेङ गाउपालिका वार्ड नं ३ बाटाकाचौर को खोलाखर्का मा माता अमृता बिसि र पिता कृष्ण बिसि को पहिलो सन्तान लक्ष्मी को रुपमा जन्मिएकि जेठि सुपुत्री शर्मिला बि.सि झण्डै एक दशक भन्दा बढि संघर्ष गरेकी बिसि ले २०६९ सालमा गुल्मी को लोक तारा जितेकी हुन दर्जनौ गितमा आफ्नो स्वर शब्द र लय भरेकी छन दर्जनौ सन्देसमुलक चलचित्र, टेलिसिरियल हरुमा अभिनय पनि गरेकी छन यी हुन बहु प्रतिभाशाली कलाकार बिसि साङ्गितिक र अभिनय क्षेत्रमा सक्रिय रहेकी छन।
आफ्नो एक दशक संघर्ष पछि मात्रै आज यो मेरो जीवन को पहिलो उपाधी अवार्ड जित्ने अवसर पाउँदा अत्यन्तै हर्षित छु। मेरो कला र क्षमता को कदर गरि यो पुरस्कार को योग्य ठानेर पुरस्कृत गरिदिएकोमा आयोजक सस्था उपमा सञ्चार प्रा.लि प्रती आभारी छु कार्यक्रम का अध्यक्ष आशा गौतम लाई बिशेष धन्यवाद यो विशेष कार्यक्रम मार्फत मपनी कलाकार हु भन्ने आभास दिनु भएको मा धन्यवाद दिइन। पौष ८ गते काठमाण्डौ स्थित चलचित्र बिकास बोर्ड को सभाहल मा सास्कृतिक राष्ट्रिय सङ्गीत अवार्ड २०८० को अवार्ड बितरण कार्यक्रम राखिएको थियो। बिसि बहुचर्चित नाम कमाउन नसकेपनी साङ्गितिक र अभिनय क्षेत्रमा संघर्ष ले निखारिएकी एक प्रतिभावान कलाकार हुन। भन्छिन पब्लिक सामु अलिकति भएपनी चर्चा कमाउन सफल भएकी छु मलाई शर्मिला बिसि भन्दा पनि टेलिसिरियल घरका कुरा कि बाटुली भनेर चिन्ने गर्छन। गित सङ्गीत र अभिनय क्षेत्र लाई बिट मार्न भने पटक्कै सक्दिन।आशा छ कुनै न कुनै दिन पक्कै सफल हुन्छु भन्ने लाग्छ जीवन रहे सम्म गित सङ्गीत र अभिनय मा अझै कस्सिएर लाग्ने छु। उपमा सञ्चार प्रा.लि द्वारा आयोजना गरिएको सास्कृतिक राष्ट्रिय सङ्गीत अवार्ड २०८० का प्रमुख अतिथी संघिय सांसद राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय गणेश तिमल्सिना ज्यु ले कलाकार हरु देश का महत्वपूर्ण अंग हुन यिनलाई राज्य ले संरक्षण गर्नु पर्ने बताए। यस्ता अवार्ड र सम्मान कार्यक्रम गर्नाले अग्रज लाई सम्मान र नव कलाकार लाई प्रोत्साहन, हौसला र उर्जा थपिने हुनाले यस्ता कार्यक्रम हरु गर्न आवश्यक्ता बताउदै आयोजक सस्था र अध्यक्ष आशा गौतम लाई धन्यवाद दिए।
कार्यक्रम लाई प्रभावकारी बनाउन का निम्ति बिशिस्ट अतिथी मा शसस्त्र प्रहरी बल का ए.आइ.जि चन्द्र प्रकाश गौतम ज्यु बरिस्ठ गायक इन्द्र जिसि ले निर्णायक को भुमिका निभाउनु भएको थियो कार्यक्रम संचालन सुवास महत ले गर्नु भएको थियो स्वागत मन्तव्य संयोजक हुम गैरे र शुभकामना मन्तव्य अमृत खाती ज्यु ले गर्नु भएको थियो। राजा राजेन्द्र पौडेल ले उध्घोषक को भुमिका निभाउनु भएको थियो अतिथि कलाकार का रुपमा उपस्थित भएका बहुचर्चित कलाकार हरु अप्रत्याशीक रुपमा सम्मानित हुँदा हर्षित भएका थिए दशक कलाकार सम्मान मा मौलिक गित का बाद्शाहा खड्ग गर्बुजा, लोक स्वर सम्राट राजु परियार, बिष्णु खत्री, बि.बि अनुरागी, कस्तुप पन्त, राजु ढकाल, खुमन अधिकारी, बिनायक तामाङ, हुम गैरे दशक पत्रकार सम्मान तर्फ जीवन पराजुली, अनिल आघात, प्रकाश बराइली, बिक्रम शुनार सम्मानित हुनु भएको थियो यस्ता यस्ता बरिस्ठ प्रसिद्ध कलाकार हरु सम्मानित हुँदै गरेको कार्यक्रम मा आफू पनि अवार्ड बिजेता हुन पाउँदा आफुले आफुलाइ भाग्यमानी ठानेकि छु।
अतिथि कलाकार का रुपमा बहुचर्चित गायक श्रष्ठा विभिन्न संघ सस्था का प्रतिनिधि हरु को बाक्लो उपस्थिति थियो। अध्यक्ष आशा गौतम ज्यु प्रती खै कुन शब्द ले प्रसंसा गरु जहाँ कि एउटा छोरी मान्छे भएर पनि यस्तो बिशाल कार्यक्रम गरि अग्रज देखि अनुज सम्म का कलाकार लाई सम्मान गर्न सफल हुनु भयो हो धौलागिरी मा पनि यस्तो शाहसी चेलि को जन्म भएको रहेछ हामी धौलागिरीबासी लाई यो भन्दा गर्व को कुरा के हुन सक्छ एकपटक त्यो धौलागिरी को माटो लाई सलाम गर्न चाहान्छु र फेरि पनि यस्तै कार्यक्रम हरु गरेर ओझेलमा परेका कलाकार हरुलाइ समेटी प्रोत्साहन र हौसला दिनु हुनेछ। प्रथम कार्यक्रम नै यस्तो प्रशम्सनिय बन्यो उपस्थित सबैले अध्यक्ष ज्यु लाई बधाई साथै आगामी कार्यक्रम का लागि शुभकामना दिए।





प्रतिकृया दिनुहोस