प्रस्ताव लेखन गोष्ठी सुरु

डिजीएम नेपाल परियोजनाको पूर्ण प्रस्तावना लेखन प्रशिक्षण गोष्ठी कार्यक्रम चितवन,धुसरीमा रहेको ग्रामीण पुनर्निर्माण(नेपालको कार्यालयमा शनिवारदेखि सुरु भएको छ । 
लुम्बिनी प्रदेशबाट छनौट भएका गैरसरकारी संस्थाहरुका तीन दर्जन बढी प्रतिनिधिहरुको सार्थक सहभागिता रहेको कार्यक्रममा डा. सुरेश तामाङ,डा. निर्मल विश्वकर्मा,डा. निरज जोशी ,डा.रिपु कुँवर,रत्न कार्की,साधना लिम्बू,कविता तामाङ,निकिश्री श्रेष्ठ,दिवस राई,धमेन्द्र उपाध्याय  लगायतले सहजीकरण तथा व्यवस्थापन गर्ने छन् । 
उक्त गोष्ठी तीन दिनसम्म सञ्चालन हुने सहभागी संस्था सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस