बाबुराम पन्थी र सुनिताको स्वरमा ' उकालो चढ्दै छ पिरती ' सार्वजनिक
बुटवल, चैत १०
लोकप्रिय गायक बाबुराम पन्थी र गायिका सुनिता बुढाको स्वरमा नयाँ गीत ' उकालो चढ्दै छ पिरती ' सार्वजनिक गरिएको छ । प्रलाहद सुवेदीको शब्द रहेको गीतमा गायक तथा संगीतकार वसन्त थापाको संगीत रहेको छ। संगीत संयोजक भने आशिष अभिरले गरेका छन ।
गीतको भिडियोमा अर्जुन बोहरा र अन्जु निरौलाको अभिनय रहेको छ । अजय रेग्मीले खिचेको भिडियोमा मनोज कार्कीले सम्पादक गरेका हुन भने भिडियोको निर्देशन मौसम हिमालिले गरेका हुन । भिडियोलाई ओडन फिल्मस द्दारा युटुबमा सार्वजनिक गरिएको छ ।
सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोता बाट युटुब , टिकटक , फेसबुक रिल तिर राम्रो साथ र प्रतिक्रिया पाएको यो गीतले आगामि दिनमा अझै माया र साथ पाउने निर्माण टिमले अपेक्षा गरेको छ ।





प्रतिकृया दिनुहोस