इनरह्वील क्लव अफ बुटवलको फेलोसिप कार्यक्रम

 

बुटवल,१८ साउन

इनरह्वील क्लव अफ बुटवलले फेलोसिप कार्यक्रम गरेको छ । क्लवका सदस्यहरुबिच आपसी सम्बन्धलाई कायम राख्ने उदेश्यसहित फेलोसिप र मेहेन्दी कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि क्लवका पूर्व अध्यक्ष भारती जोशीले इनरह्वील क्लवले विभिन्न महत्त्वपूर्ण सामाजिक कामहरु गर्दै आएको उल्लेख गर्दै आपसी सम्बन्धलाई निरन्तर कायम राखिरहेको बताउनुभयो । 

कार्यक्रममा पूर्व अध्यक्ष सरस्वती श्रेष्ठले महिलाहरू मात्र सक्रिय रहेको यो क्लवले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो । कार्यक्रममा सल्लाहकार राधिका गुरुङ , सम्झना ज्ञवाली निवर्तमान अध्यक्ष बुलबुल श्रेष्ठको उपस्थिति रहेको अध्यक्ष लुना श्रेष्ठले बताउनुभयो । 

सोही अवसरमै क्लवको ३३९ औँ रेगुलर मिटिङसमेत सम्पन्न भएको छ । मिटिङले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस