वेस्टर्न मेगा कलेजद्वारा शिव मन्दिर सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न

बुटवल,साउन १८
बुटवल–१५, ढवाहामा अवस्थित वेस्टर्न मेगा कलेजका विद्यार्र्थीहरूले नयाँमिल स्थित दुर्गा÷शिव मन्दिर परिसरमा सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन्। कलेजमा छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सोमबार सामाजिक कार्य सम्पन्न गरेका हुन्। ।

श्रावण महिनाको पावन अवसरमा मन्दिर परिसर तथा वरपरको वातावरण स्वच्छ राख्ने र दर्शनार्थीहरुलाई सेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । कलेजका अनुसार यो अभियान साउन महिनाभरि निरन्तर सञ्चालन हुने र आगामी तथा साउन २५ गते पर्रोहा स्थित बोलबमधाम र पाल्पा, दोभान स्थित सिद्धबाबा परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ ।

विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी व्यवहारिक सीप, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सकारात्मक सोच विकास गराउन यस्ता सिर्जनात्मक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तर प्राथमिकता दिँदै आएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताउनुभयो।

यस्ता गतिविधिले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक सहभागितालाई थप सशक्त बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । यस कलेजमा स्नातक तहमा ४ बर्षे BIT तथा BHM  र स्नातोकोत्तर तहमा २ वर्षे MBA अध्यापन गराईने र वर्ष २०८३ को भर्ना समेत खुलेको कलेजले जानकारी गराएको छ ।


 

प्रतिकृया दिनुहोस