सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा


बुटवल,१८ साउन  

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ (छाता संगठन) सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको  प्रथम प्रादेशिक भेला बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अमात्यले  बीमा अभिकर्ताहरुको सबैभन्दा ठूलो संगठन नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ भएको बताउँदै यसको गरिमालाई जोगाई राख्न बिमितको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जुनसुकै संस्थाको विकास र हितका लागि संगठनको आवश्यकता हुने भएकाले लुम्बिनी प्रदेशमा भएको प्रथम भेलाबाट सक्षम नेतृत्व निर्माण हुने बताउनुभयो ।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ  इन्स्योरेन्सका केन्द्रीय वरिष्ठ उपाध्यक्ष  श्याम गुरुङ, केन्द्रीय उपाध्यक्षद्वय ऋषिराम भुसाल, रामजी पोखरेल, केन्द्रीय सहसचिव चन्द्र बहादुर नेपालीलगायतले शुभकामना मन्तव्य राख्दै  बीमा पेशालाई मर्यादित र क्रियाशील बनाई संगठितरुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।  नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघमा १४ वटा जीवन बीमा र १४ वटा अरु निर्जीवन बीमा कम्पनीहरु आवद्ध रहेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका करिब ७० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । सारदा खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय सहसचिव सुभाष रिजालले गर्नुभएको थियो ।  

प्रथम प्रादेशिक भेलाले मान बहादुर कुँवरको अध्यक्षतामा  १३ सदस्यीय नयाँ समिति सर्वसम्मतरुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा केशर प्रसाद  पोखरेल (नवलपरासी), प्रेम नारायण गैरे (कपिलवस्तु), पूर्ण बहादुर गमाल मगर (प्यूठान), सचिवमा शारदा खनाल (बुटवल), सहसचिवमा चेत बहादुर  सारु (पाल्पा), कोषाध्यक्षमा सञ्जु बस्याल (भैरहवा) चयन हुनुभएको छ । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा झलक कुमार चन्द ( नेपालगञ्ज), देवेन्द्र चौधरी (दाङ), अमर बहादुर भाट क्षेत्री (अर्घाखाँची), विष्णु प्रसाद खनाल (बुटवल), माया पौडेल (कपिलवस्तु) र राजेश कुमार बानियाँ (भैरहवा) चयन हुनुभएको हो ।

नवनिर्वाचित समितिको टिमलाई निर्वाचन समितिका संयोजक ऋषिराम भुसालले सपथग्रहण गराउनुभएको थियो । सो निर्वाचन समितिको सदस्यहरुमा खडक बहादुर क्षेत्री र रामजी पोखरेल रहनुभएको छ ।

प्रतिकृया दिनुहोस