आशिष सामाजिक सेवा नेपालको वार्षिक साधारणसभा सम्पन्न
बुटवल,भदौ २७
आशिष सामाजिक सेवा नेपालको २० औं वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हेमबहादुर आलेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख अर्यालले राज्यले गर्नुपर्ने काममा आशिष सामाजिक सेवा नेपालले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको बताउनुभयो। विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा भारतलगायत विभिन्न देशमा बेचबिखनमा परेर उद्धार गरिएका किशोरीलाई संरक्षण, आश्रय र पुनःस्थापनाका लागि संस्थाले गरेको काम प्रशंसनीय रहेको उपप्रमुख अर्यालले बनाउनु भयो ।
उहाँले उद्धारपछि किशोरीलाई सुरक्षित आश्रय मात्र नभई शिक्षा, सीप र क्षमता विकासका अवसर प्रदान गरेर आत्मनिर्भर बनाउने प्रयास महत्वपूर्ण रहेको बताउँदै संस्थाको आगामी कार्यका लागि शुभकामना व्यक्त गर्नुभयो।आशिष सामाजिक सेवा नेपाल कार्यसमिति सदस्य गजेन्द्र शर्माको स्वागत स्वागत तथा रोशन सुनुवारको संचालनमा भएको कार्यक्रममा निर्देशक युवराज विकेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संस्थाले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका बालिका तथा किशोरीको संरक्षण, पुनःस्थापना, शिक्षा, सीप विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा गर्दै आएका कामबारे जानकारी गराइएको थियो।
.png)
कार्यक्रममा संस्थाबाट सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम प्राप्त गरेकी शिला सार्कीले आफ्नो अनुभव सुनाउनु भएको थियो ।आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भएको अवस्थामा संस्थाले आश्रयसँगै सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेपछि आफू आत्मनिर्भर र सशक्त बन्दै गएको उहाँले बताउनुभयो।कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य गंगा घिमिरे, हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्दुर ढकाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अक्षयकुमार रावल लगायतले बोल्दैमानव बेचबिखन तथा ओसारपसार रोकथाम, जोखिममा रहेका महिला तथा बालबालिकाको संरक्षण र पुनःस्थापनाका लागि सरकारी निकाय तथा सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा यस क्षेत्रमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आशिष सामाजिक सेवा नेपालका आर्थिक संयोजक दान बहादुर गिरिले ससंस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको कार्यक्रममा संस्थाका साधारण सदस्य, कर्मचारी, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो।




प्रतिकृया दिनुहोस