जनज्योति आधारभूत विद्यालयलाई इनरह्वील क्लव बुटवलको सहयोग

बुटवल,२० असोज

इनरह्वील क्लव अफ बुटवलले बुटवल ३ ज्योतिनगरस्थित जनज्योति आधारभूत विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले विद्यालयका साना साना बालबालिकाहरुका लागि शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो ।

क्लबले ३५ जोर जुत्ता मोजा , २ दर्जन ज्यामिति बक्स , अंग्रेजी र ड्रोइङ कापी , स्कुल ब्याग ३५ थान , नेपालको राष्ट्रिय झण्डा ठूलो २ थान , पेन्सिल, कलर पेन्सिललगायतका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक अनिता श्रेष्ठले बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष योव नाथ काफ्लेले शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नका लागि आफ्नो विद्यालयलाई नै छनौट गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिज्जु जिसी कार्की , पूर्व अध्यक्ष यमुना श्रेष्ठलगायले शुभकामना मन्तव्य गर्नुभएको क्लवका सचिव मिथिला श्रेष्ठले जानकारी दिनुभयो ।
सामाजिक सेवामा क्रियाशील क्लवले विभिन्न समयमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

संयोजक अनिता श्रेष्ठले स्वागत गरेको कार्यक्रममा क्लवका अध्यक्ष लुना श्रेष्ठको अध्यक्षता लुना श्रेष्ठ र सञ्चालन सचिव मिथिला श्रेष्ठले गर्नुभएको थियोे । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु , पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
↑