कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी
काठमाडौँ,२० असोज
नेपाली कांग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । १५औं महाधिवेशनअन्तर्गत २२ असोजमा हुने निर्वाचनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेका हो ।
सभापतिका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा पहिले नेता खड्गीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उहाँपछि बेलुकी साढे ६ बजेतिर थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति थापापछि नेता राठौर उम्मेदवारी मनोनयनका लागि पुग्नुभएको थियो ।





प्रतिकृया दिनुहोस