सिद्धार्थ इङ्ग्लिस बोर्डिङ स्कुलमा शिक्षक तथा कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न 


तिलोत्तमा,२० असोज

रुपन्देहीको तिलोत्तमा ४ स्थित सिद्धार्थ इङ्ग्लिस बोर्डिङ स्कुलमा शिक्षक तथा कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । स्कुलका शिक्षक तथा कर्मचारीबीच आपसी सुमधुर सम्बन्ध, आत्मीयता तथा सामूहिक भावनाको विकास गर्ने उद्देश्यले आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। 

प्रतियोगितामा विद्यालयका पुरुष शिक्षक तथा कर्मचारीतर्फबाट ३ वटा टिम र महिला कर्मचारीतर्फबाट २ वटा टिम सहभागी भएका थिए। उत्साहपूर्ण तथा प्रतिस्पर्धात्मक खेलमा महिला समूहअन्तर्गत तारा कुमारी थापाको टिम विजयी भएको छ भने पुरुष शिक्षक तथा कर्मचारीतर्फ लोकेन्द्र भण्डारीको टिमले विजयी उपाधि हासिल गरेको छ। 

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य यमबहादुर रानाले यस्ता मैत्रीपूर्ण तथा मनोरञ्जनात्मक कार्यक्रमले शिक्षक तथा कर्मचारीलाई पुनर्ताजगी प्रदान गर्नुका साथै आपसी सहकार्य, आत्मीयता र सामूहिक भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। 

त्यसैगरी, विद्यालयका सह–प्राचार्य रमेशप्रसाद बस्यालबाट म्याच अफिसियललाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक सुरुवात गरिएको थियो। सम्पूर्ण प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन मेघराज भट्टराईले गर्नुभएको थियो।  प्रतियोगितामा विजयी टिमहरूलाई मेडल प्रदान गरी सम्मान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
 

प्रतिकृया दिनुहोस
↑