देउवा पक्षको बुटवल सभापतिमा प्रभा अर्याल सर्वसम्मत

 

बुटवल २१ असोज 

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर सभापतिमा प्रभा अर्याललाई मंगलबार सर्वसम्मत चयन गरेको छ।

कांग्रेसभित्रको आन्तरिक सहमति र छलफलपछि अर्याललाई नगर सभापतिमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस रुपन्देही देउवा पक्षका जिल्ला संयोजक बाबुदेव भुर्तेलले जानकारी दिनुभयो।

उहाँका अनुसार नगर सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्यका विषयमा थप छलफल गरेर नगर कार्यसमितिलाई पूर्णता दिइनेछ।

प्रतिकृया दिनुहोस
↑