गुल्मीमा नालीमा खसेर ७२ वर्षीय वृद्धको मृत्यु

गुल्मी, कात्तिक १०
गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सेउघाका ७२ वर्षीय यमलाल गौतम रहेको प्रहरीले जनाएको छ।

सोमबार राति करिब १० बजे घर जाने क्रममा गोरेटोको भिरालो बाटोबाट करिब ९ मिटर तल तम्घास–सिमलटारी सडकखण्डको नालीमा खसेर गौतम मृत अवस्थामा फेला पर्नुभएको थियो।

घटनाबारे राति साढे १० बजे जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्कालगायतका प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल, तम्घास पठाएको जनाएको छ।

फोटो ए आई 

प्रतिकृया दिनुहोस
↑