तिहार नजिकिएसँगै झिलिमिलि बुटवल


काठमाडौँ,२० कात्तिक  

बुटवलमा तिहारको रौनक सुरु भएको छ। सहरका मुख्य चोकदेखि सडक र सार्वजनिक संरचनासम्म रङ्गीचङ्गी बत्तीले सजिन थालेपछि बुटवल झिलिमिली बनेको छ। साँझ पर्दै जाँदा बत्तीको उज्यालोमा चम्किने सहरले तिहारको आगमनको सङ्केत गरिरहेको छ।

तिहारलाई स्वागत गर्दै बुटवल उपमहानगरपालिकाले सहरका विभिन्न स्थानमा आकर्षक झलर जडान गरेको हो। आकाशे पुल, चोकचौराहामा रहेका स्तम्भ, सडक बत्ती तथा हाई मास्ट लाइटका पोलहरूमा रङ्गीचङ्गी झलर लगाइएको छ। बत्तीको सजावटले सहरका मुख्य क्षेत्रहरूलाई थप आकर्षक बनाएको छ।

उपमहानगरपालिकाले सहर सजावटका लागि केही झालर भाडामा लिएको छ भने केही स्थायी प्रकृतिका बत्तीसमेत जडान गरेको जनाएको छ।

सार्वजनिक संरचना र सडकका पोलहरूलाई समेत सजावटमा समेटिएपछि बुटवलका मुख्य क्षेत्रहरूमा उत्सवी माहोल देखिन थालेको हो । आवतजावत गर्ने यात्रु र स्थानीय बासिन्दाका लागि समेत बत्तीको सजावट आकर्षण बनेको छ।

प्रतिकृया दिनुहोस
↑