नेपाल उद्यान महासंघको दोस्रो केन्द्रीय विस्तारित बैठक चितवनमा सम्पन्न

 

चितवन,२० कात्तिक

नेपाल उद्यान महासंघको दोस्रो केन्द्रीय विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ । चितवनका वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा चितवनको भरतपुर महानगरपालिकास्थित डिभिजन वन कार्यालयको सभाहलमा बैठक सम्पन्न भएको हो ।

बैठकमा महासंघको प्रगति विवरण, सांगठनिक रिपोर्टिङ,आव २०८२ /०८३ लेखा प्रतिवेदन, आर्थिक ,प्रशासनिक कार्यविधि निर्माण, प्रदेशस्तरीय प्रस्तावना पेश, महासंघ नवीकरण,दोस्रो साधारणसभा र सदस्यता नवीकरणका एजेन्डामा छलफल भएको थियो ।

बैठकका प्रमुख अतिथि आचार्यले वन, वातावरण र जैविक विविधता संरक्षणका लागि उद्यान महासंघको विशेष भूमिका हुने र पर्यटन प्रवर्द्धनका लागि पहल गर्नुपर्ने बताउनुभयो । उद्यानको वर्गीकरण,यसको विशेषता र संरक्षणका लागि नेपाल उद्यान महासंघले नीतिगत रुपमा सरकारलाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाउनु भयो ।

बैठकमा महासंघका सदस्यहरुको सार्थक सहभागिता रहेको थियो । कार्तिक २० गते, आज शुक्रबार उद्यान महासंघको सहकार्य,डिभिजन वन कार्यालयको संयोजन र चितवनमा रहेका सामुदायिक वनका व्यवस्थापनमा पर्यापर्यटनका अवसर, चुनौति र गन्तव्य विषयक विचार गोष्ठी हुने महासंघका प्रेस सल्लाहकार मनीष पन्थले जानकारी दिनुभयो । नेपाल उद्यान महासंघको दोस्रो केन्द्रीय विस्तारित बैठकमा महासंघका अध्यक्ष खेमप्रसाद लुंइटेलको अध्यक्षता रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑