दानबहादुर कार्कीको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौँ,मंसिर २
सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बुधबार भएको सुनुवाइपछि अदालतले विवादका सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको हो।
निवेदक पक्षका कानून व्यवसायीहरूले अन्तरिम आदेशमार्फत कार्कीलाई तत्काल पदमा पुनर्बहाली गरी काम गर्न दिन माग गरेका थिए। उनीहरूले निश्चित कार्यकाल तोकेर नियुक्त गरिएका प्रहरी महानिरीक्षकलाई कुनै स्पष्टीकरण नदिई स्वेच्छाचारी ढङ्गले पदबाट हटाउनु गैरकानुनी भएको जिकिर गरेका थिए।
सुनुवाइका क्रममा कार्कीतर्फका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले यसअघिका विभिन्न नजिरसमेत प्रस्तुत गर्दै सरकारको निर्णय बदर गर्न माग गरेका थिए।तर सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी नगरी अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दिएको हो। सबै विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ।





प्रतिकृया दिनुहोस