पाल्पा साहित्य समाजको ३२औँ वार्षिक दिवसमा स्रष्टा तथा समाजसेवी सम्मानित

बुटवल, मंसिर ६
पाल्पा साहित्य समाजले आफ्नो ३२औँ वार्षिक दिवसका अवसरमा विभिन्न विधाका नौ जना स्रष्टा तथा समाजसेवीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।समाजले १७७औँ आदिकवि छबिलाल नेपाल जन्मजयन्ती, १२३औँ शास्त्रकवि माधवप्रसाद देवकोटा जन्मजयन्ती तथा १२५औँ नाटककार अम्बिकाप्रसाद लाकौल जन्मजयन्तीको अवसर पारेर शनिबार तानसेनस्थित भगवती मन्दिर भजन गृहमा पुरस्कार तथा सम्मान समर्पण कार्यक्रम आयोजना सम्पन्न गरेको हो ।

कार्यक्रममा भजन संगीत तथा साहित्यका लेखक मंगलप्रसाद बज्राचार्यलाई भैरवतुल्सी सिंह स्मृति पुरस्कार, अग्रज साहित्यकार कोशलराज पौड्याललाई अथक रेग्मी साहित्य साधना पुरस्कार र साहित्यकार तथा पत्रकार गोविन्द भट्टराईलाई आदिकवि छबिलाल नेपाल प्रतिभा पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी कवि पुरुषोत्तम अर्याललाई गणेशकेशवलक्ष्मी स्मृति स्रष्टा सम्मान, समाजसेवी तथा स्वयंसेवी अम्बिका पौड्याललाई राधाइन्द्र भारती समाजसेवा सम्मान प्रदान गरिएको हो ।

यस्तै समाजले स्रष्टा तथा अभिप्रेरक केदारलाल श्रेष्ठ र अनुपमान सैंजु तथा साहित्यकार पुरनबहादुर शाक्य र चन्द्रकान्त न्यौपानेलाई पाल्पा साहित्य समाज सम्मानबाट सम्मानित गरेको छ।कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा सम्मान समर्पण गर्दै साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा साहित्यिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले साहित्यिक गतिविधिले समाजको चेतना अभिवृद्धि गर्नुका साथै भाषा, संस्कृति र पहिचानको संरक्षणमा योगदान पु¥याउने धारणा ब्यक्त गर्नु भयो ।

समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा संरक्षक राजेन्द्र गोपाल सिंहको उपस्थितिमा सम्पन्न कार्यक्रममा पत्रकार भोजराज भट्टराई, समाजका सल्लाहकार रामप्रसाद अर्याल, सम्मानित व्यक्तित्वहरू अम्बिका पौड्याल र अनुपमान सैंजु तथा संरक्षक राजेन्द्र गोपाल सिंह लगायतले बोल्दै समाजले नेपाली साहित्यलाइ प्रवद्द्र्न गर्न महत्त्वपूर्ण योगगदान पुराएको बताएका थिए ।रामजी शर्माको स्वागत ,अस्तित्व रेग्मीले स्वागत गीत प्रस्तुत  ,दिपेश ज्ञवालीले सम्मानित व्यक्तित्वहरूले समाजमा गरेको योगदानबारे प्रस्तुत गर्नु भएको कार्यक्रमको सञ्चालन समाजका सचिव सबिता भट्टराईले गर्नु भएको थियो ।यसै अवसरमा पुष्कर अथक रेग्मीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्बत  चयन गरिएको समाजले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑