नाटुका तीन कमिटीमा नयाँ नेतृत्व चयन, प्राविधिक प्रशिक्षण भवन उद्घाटन
बुटवल, मंसिर ६
नेपाल अटो मेकानिक्स ट्रेड युनियन ९नाटु० बुटवल नगर कमिटी, मोटरसाइकल इकाइ कमिटी र अटो इन्जिनियरिङ इकाइ कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट तीनवटै कमिटीमा नयाँ नेतृत्व चयन गरिएको छ ।अधिवेशनबाट बुटवल नगर कमिटीको अध्यक्षमा तिलक पाण्डे चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, सचिवमा रनबहादुर विश्वकर्मा, कोषाध्यक्षमा इन्जिनियर समीर खनाल र सहसचिवमा कमलप्रसाद न्यौपाने चयन हुनुभएको छ । सदस्यहरूमा बुद्धिकृष्ण महर्जन, उमेश रासकोटी, सुरज आले र केशव खड्का चयन हुनुभएको छ ।
त्यसैगरी, अटो इन्जिनियरिङ इकाइ कमिटीको अध्यक्षमा शिवचन्द्र सिंह चयन हुनुभएको छ । उपाध्यक्षमा राधा पाण्डे, सचिवमा सुमन पोख्रेल, कोषाध्यक्षमा युवराज ढकाल र सहसचिवमा सूर्यनारायण महतो चयन हुनुभएको छ । सदस्यहरूमा हरिबहादुर ओली, सपना श्रेष्ठ, दुर्गा वर्मा र गुड्डु गुप्ता चयन हुनुभएको छ ।
मोटरसाइकल इकाइ कमिटीको अध्यक्षमा जीवन बोहोरा चयन हुनुभएको छ । उपाध्यक्षमा गणेश घिमिरे, सचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा विकास पौडेल र सहसचिवमा भरत महत चयन हुनुभएको छ । सदस्यहरूमा पंकज सराफ, देवबहादुर कुँवर मगर, सन्दिप श्रेष्ठ, अप्पु राजा र गौरव खनाल चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अटो व्यवसायीहरूको विकासमा स्थानीय सरकारले सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले बुटवललाई ब्यवसायिक रुपमा चलायमान बनाउने उद्देश्यले विभिन्न योजना अघि बढाइएको उल्लेख गर्दै बुटवलसँगै आसपासका क्षेत्रमा सयभन्दा बढी नयाँ स्थान विकास भएको दाबी गर्नुभयो । उहाँले अटो मेकानिक्स, फर्निचर व्यवसायी, ग्रिल जोन तथा पुनः प्रयोग हुने वस्तुका व्यवसाय सञ्चालनका लागि समेत जग्गा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल नगर कमिटीका अध्यक्ष गणेशप्रसाद भट्टराईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरे, जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर शर्मा पौडेल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, युनियनका पूर्वकेन्द्रीय अध्यक्ष माधव पाण्डे, निवर्तमान अध्यक्ष जीवनप्रसाद अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष प्रेम गौचन, केन्द्रीय सल्लाहकार हेमबहादुर रावल, केन्द्रीय उपाध्यक्ष सन्तोष गुरुङ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले अटो मेकानिक्स तथा प्राविधिक क्षेत्रसँग आबद्ध श्रमिकहरूको संगठन सुदृढीकरण, पेसागत हकहित र व्यवसायको विकासमा युनियनको भूमिकाबारे धारणा राख्नुभएको थियो ।
सोही अवसरमा नेपाल अटो मेकानिक्स ट्रेड युनियनको केन्द्रीय प्राविधिक प्रशिक्षण भवन, ट्रस तथा सचिवालयको उद्घाटन गरिएको थियो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले भवन तथा सचिवालयको उद्घाटन गर्नुभएको हो ।यसैबीच कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू र मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नवनिर्वाचित सभापति कपिल ज्ञवालीलाई सम्मान गरिएको थियो ।त्यसैगरी महिला अटो मेकानिक्स शान्ति नेपाली, ज्येष्ठ मेकानिक्स सुनबहादुर थापा तथा संस्थाको उत्कृष्ट कार्यसम्पादन गरी सहयोग पुर्याउने कार्यालय सचिव शिवहरि भण्डारीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।





प्रतिकृया दिनुहोस