आदर्श खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं साधारणसभा सम्पन्न
बुटवल ,माघ १
बुटवल ४ मा रहेको आदर्श खानेपानी तथा सरसफाई उपभोक्ता समितिको एघारौ साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलले उपभोक्ता समुह सक्रिय भएर काम गर्नु भनेको वडाको सारथी बन्नु रहेको बताउनुभयो ।
शर्माले समुहरुले आ आफ्नो टोलमा देखिएका समस्या समाधान गर्न वडा सधै तयार रहेको बताउनुभयो । वहाँले वडालाई बलियो बनाउन वडामा रहेका सबै समितिहरु सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रम आदर्श खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरि प्रसाद पाण्डेको अध्यक्षता,समितिका सल्लाहकार खेमराज पाठकको स्वागत र सचिव नेदिराम ज्ञवाली (विष्णु )को सञ्चालनमा सम्पन्न भएको थियो ।





प्रतिकृया दिनुहोस