माघ १५ भित्र नगरका सदस्यहरुको नविकरण जिल्ला कमिटीलाई बुझाउने एमाले बुटवल नगरको निर्णय

बुटवल,माघ ५ 
      नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगरपालिका सचिवालयको बिस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठक एमाले पार्टी कार्यलय सुख्खानगरमा सम्पन्न भएको हो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यही माघ १३ गते भित्र सम्पुर्ण पार्टीका सदस्यहरुको नबिकरण सम्पन्न गरी नगर कमीटीमा पेश गर्ने र माघ १५ गते भित्र पार्टी जिल्ला कमिटीलाई बुझाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य न्यौपानेले पार्टीमा आवद्ध सदस्यहरुले आ आफनो जिम्मेवारीका साथ सदस्यता नविकरण गर्न अनुरोध गर्नुभयो । न्यौपानेले कोही कसैको एक्लो प्रयासले मात्रै कुनै पनि ठाँउमा सफलता हासिल गर्न नसकिने बताउदै पार्टीमा आवद्ध सबै सदस्यहरु जुझारु हुन आवशयक रहेको बताउनुभयो । पार्टी थप मजबुद हुदै गएको बताउदै आगामी दिनमा पनि एक ढिक्का भएर लाग्न न्यौपानेले अनुरोध गर्नुभयो । 

यही माघ १५ गते भित्र नबिकरण नभएका सदस्यहरुको नबिकरण रोकिने भएकाले समयमै नबिकरण गर्न अनुरोध गरिएको नेकपा एमाले बुटवलनगर अध्यक्ष किसन ज्ञवालीले बताउनुभयो । 

बैठकमा प्रदेश इन्चार्ज गोपाल राना  ,जिल्ला इन्चार्ज ऋषिराम पाण्डे, जिल्ला सचिव यज्ञ गैहै्र ,लगायतले बोल्नुभएको थियो । बैठकको सञ्चालन पार्टीका नगर सचिव मेघराज भट्टराईले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस