११४ ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरमाध्यमिक विद्यालयस्तरीय  वक्तृत्वकला प्रतियोगिता  सम्पन्न

११४ ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देवदह नगरपालिका,रुपन्देहीले अन्तरमाध्यमिक विद्यालयस्तरीय महिलाको  वर्तमान समस्या र समाधानको उपायू शीर्षकमा वक्तृत्वकला प्रतियोगिता विहिवार खैरेनीमा सम्पन्न गरेको छ । 
प्रतियोगितामा केरवानी माविकी संस्कृति घर्ति प्रथम,मदरल्याण्ड अङ्ग्रेजी  माविकी प्रेरणा न्यौपाने द्वितीय,देवदह माविकी निश्चिका परिवार तृतीय र नारायणी पब्लिक माविकी चन्दा चौधरीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो। उहाँहरुलाई क्रमशस् १५ हजार,  १२ हजार,१० हजार र ५ हजार रुपैयाँ  नगदसहित टफी, प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगितामा निर्णायकका रुपमा दलबहादुर गुरुङ,गंगा पोखरेल र सुमित्रा राना,सुत्पराई हुनुहुन्थ्यो । 


प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवप्रसाद खरेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित वक्तृत्व कला प्रतियोगिताले प्रतियोगी छात्रा विद्यार्थीहरुमा महिलाका समस्याहरु पत्ता लगाउनेमात्र होईन समाधानका उपायहरु खोज्न सक्ने खुवी रहेको बताउनु भयो । विद्यार्थीमा बेजोड प्रतिभा रहेको बताउँदै विद्यार्थीले दिएका समाधानका उपायहरुलाई नगरपालिकाले सम्पत्तिका रुपमा ग्रहण गर्ने उहाँले बताउनु भयो । 
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नगरसभापति गुणाकर भुर्तेल, अनेमसंघ९ क्रान्तिकारी० देवदहकी उपाध्यक्ष प्रेमकला ढकाल,कृष्णमाया राना,ईन्दिरा भुसाल लगायतले प्रतियोगितामा छात्रा विद्यार्थीले आफ्ना ज्ञानलाई सबैका अघि निडरतापूर्वक प्रस्तुत गर्न सकेकोमा धन्यवादज्ञापन गर्नुभयो ।
सो नगरपालिकाले महिला दिवसका अवसरमा स्थानीय महिला जनप्रतिनिधि, कर्मचारी,महिला पत्रकार एवम् महिला प्रहरीहरुका लागि कुर्चीदौड प्रतियोगिता सञ्चालन समेत गरेको थियो । 
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले महिलाहरुको सशक्तिकरणका लागि नगरपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै छात्रा विद्यार्थीले महिलाका वर्तमानका समस्या र समाधानका विषयमा तार्किक जवाफ दिन सक्ने हैसियत राखेकोमा बधाई दिनुभयो । उहाँकै अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस