प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
बुटवल,११ श्रावण
प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन भएको छ। रूपन्देही तिलोत्तमा नगरपालिका शंकरनगर निवासी ८० वर्षीय ज्ञवालीको काठमाडौँको बीएण्डबी अस्पतालमा उपचारका क्रममा आइतबार राति ८ः४० बजे निधन भएको हो।
अग्रज पत्रकार ज्ञवाली केही समयदेखि मुटु र फोक्सोको रोगको उपचारका लागि काठमाडौँमा रहँदै आउनुभएको थियो ।
ज्ञवालीले नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ पदकबाट विभूषित हुनुभएको थियो ।स्वर्गीय ज्ञवालीप्रति श्रद्धान्जली अर्पण गर्दै पत्रकार
महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेयले ज्ञवालीका प्रेरेरणादायी विचारहरु आफूहरुसँग रहिरहने बताउनुभयो।
आफ्नो व्यवसायिक जीवनमा उहाँले विभिन्न सञ्चार माध्यममा रहेर काम गर्नुभएको थियो।





प्रतिकृया दिनुहोस