कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजुको जन्मजयन्तीमा पुरस्कार,छात्रवृत्ति तथा शिक्षा अक्षयकोष सहयोग
बुटवल, साउन १५
कर्मयोगी समाजसेवी गणेशमान सैंजुको ९४औं तथा समाजसेवी कृष्णप्यारी सैंजुको ९३ औं जन्मजयन्तीको अवसरमा शुक्रबार बुटवलमा विविध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा “एक युगको चिनारी” जीवनगाथामा आधारित वृत्तचित्र सार्वजनिक गर्नुका साथै १३औं गणेश–कृष्ण पुरस्कार वितरण,छात्रवृत्ति वितरण ,विपन्न परिवारका बालबालिकाको शिक्षा अक्षयकोषका लागि सहयोग हस्तान्तरण गरिएको हो ।
विश्व हिन्दु महासंघ रुपन्देही ,नवजागृति पुस्तकालय , श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रम र गणेशमान कृष्णप्यारी सैंजु स्मृति प्रतिष्ठान (ट्रष्ट) को संयुक्त आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुधएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले समाजसेवी गणेशमान शैंजुले समाज,शिक्षा र मानवीय सेवाका क्षेत्रमा पुर्याउनु भएको योगदानको महिमा शब्दमा वयान गर्न नसकिने बताउनुभयो । उहाँले समाजका लागि निस्वार्थ सेवाभावले काम गर्ने व्यक्तिहरु भावी पुस्ताका लागि प्रेरणका स्रोत हुने उल्लेख गर्दै सैंजुको योगदानलाई संस्थागतरुपमा सर्धै बुटवलले सम्मन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुरयाउने व्यक्तिहरुलाई १३औ गणेशकृष्ण पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ चिकित्सक डा. तरुण पौडेल,वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठ,डा. नरेन्द्र बहादुर श्रेष्ठ,साहित्यकार देवेन्द्र राज शाक्य र ई.रोशन कुमार थापा रहनु भएको थियो । त्यसै गरी विपन्न तथा जेहन्दार विद्यार्थीलाई रु १० हजार ४ सय छात्रवृत्ति प्रदान गर्नुका साथै विपन्न बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको अक्षयकोषमा रु २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजसेवी एवं कार्यक्रम संचालन अनुपमान सैंजुले बताउनुभयो । यसैविच कार्यक्रममा नव जागृति बुलेटिनको १४४ अंक र ॐ ज्ञानज्योतिको ११५ औं अंक विमोचन समेत गरिएको थियो । कार्यक्रममा साहित्यिक वातावरण सिर्जना गर्दै विभिन्न स्रष्टाहरुले कविता वाचन गरेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरुले कर्मयोगी,समाजसेवी गणेशमान र कृष्णप्यारी सैंजुको सामाजिक सेवा भावना अनुकरणीय रहेको उल्लेख गर्दै यस्ता कार्यमले समाजमा सेवा,शिक्षा र संस्कृतिप्रति सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए । विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धिजिवि ,समाजसेवी ,धार्मीक,शैक्षिक व्यक्तित्वहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।






प्रतिकृया दिनुहोस