वेस्टर्न मेगा कलेजमा ‘अनुसन्धान लेख लेखन र शोधप्रबन्ध विषय छनोट’ विषयक कार्यशाला सम्पन्न

बुटवल, साउन  ११

 बुटवल१५, रुपन्देही अवस्थित वेस्टर्न मेगा कलेजको एम।बि।ए विभागको आयोजनामा विद्यार्र्थीहरूलाई लक्षित गर्दै दुईदिने विशेष कार्यशाला अनुसन्धान लेख लेखन शोधप्रबन्ध विषय छनोट  ‘Research Artical Writing and Dissertation Topic selectionसम्पन्न भएको छ।व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई अनुसन्धानमूलक लेख लेखन शोधपत्रका लागि उपयुक्त शीर्षक छनोटसम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको हो

श्रावण गते शनिबार १० गते आईतबार दुई दिनसम्म सञ्चालित यस कार्यशालामा एम.बि.ए ०३-२०२४, ०९-२०२४, ०३- २०२५का विद्यार्थीहरूको उल्लेख्नीय उत्साहजनक सहभागिता रहेको थियो कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा कलेजका एम.बि.ए संयोजक  गोपाल खनाल रहेको थियो

उहाले विद्यार्र्थीहरूलाई अनुसन्धान लेख Research Artical  को महत्व, यसको संरचनागत ढाँचा, लेख्ने चरणहरू तथा दीक्षान्त शोधपत्र (Dissertation)  का लागि प्रभावकारी बजारसापेक्ष शीर्षक कसरी छनोट गर्ने भन्ने विषयमा विस्तृत प्रयोगात्मक तथा व्यावहारिक जानकारी प्रदान गर्नुभएको थियो 

कार्यक्रमका बारेमा प्रकाश पार्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले आजको प्रतिस्पर्धी आधुनिक युगमा कलेजले केवल सैद्धान्तिक शिक्षामा मात्र सीमित नरही विद्यार्थीको  बौद्धिक क्षमता, अनुसन्धान कौशल व्यावसायिक दक्षता विकास गर्न यस्ता नवप्रवर्तनात्मक कार्यशालाहरूलाई निरन्तर प्राथमिकता दिँदै आएको बताउनुभयो 

 

प्रतिकृया दिनुहोस