वाटिका टोल विकास संस्थाको अध्यक्षमा लक्ष्मण क्षेत्री निर्वाचित
तिलोत्तमा,१२ साउन
तिलोत्तमाको वाटिका टोल विकास संस्थाको अध्यक्षमा लक्ष्मण क्षेत्री निर्वाचित हुनुभएको छ ।लोकतात्रिक पद्धतिबाट भएको निर्वाचनमा उमेदवार कृष्ण खनाललाई पराजित गर्दै उमेदवार क्षेत्री निर्वाचित हुनुभएको हो ।
रुपन्देहीको तिलोत्तमा १ स्थित संस्थाको तेस्रो अधिवेशनबाट १६ सदस्यीय नयाँ नेतृत्व निर्वाचित भएको हो । जसको उपाध्यक्षमा रामप्रसाद गौतम , सचिवमा चोलराज मरासिनी , कोषाध्यक्षमा सिर्जना ज्ञवाली निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा लक्ष्मी न्यौपाने, अमृता थापा, शंकरप्रसाद नेपाल, कृष्ण थापा दर्लामी, प्रतिमा अर्याल, कमला कुँवर केसी, लोकबहादुर राना, मोहन गौतम, सिर्जना खरेल, सावित्री शर्मा रेग्मी, इन्द्रराज गिरी र चित्रा घिमिरे भट्टराई निर्वाचित भएको निर्वाचन समिति संयोजक खगराज मरासिनीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले टोल विकास संस्था वाडको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । अध्यक्ष गिरीले टोल विकास संस्थाहरुको सहकार्यमा वाडको विकासका गतिविधिमा सहज हुने भएकाले टोल विकास संस्थाहरु सधैँ सक्रिय रहन आग्रह गर्नुभयो ।
वाडका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष पुष्कर नाथ पन्थको अध्यक्षता रहेको थियो ।





प्रतिकृया दिनुहोस