वेस्टर्न मेगा कलेजमा तनाव व्यवस्थापन र ध्यानसम्बन्धी कार्यक्रम सम्पन्न
बुटवल,भदौ ५
पछिल्लो समय बढ्दै गएको तनाव, मानसिक दबाब तथा व्यस्त जीवनशैलीका कारण देखिने मानसिक समस्यालाई व्यवस्थापन गर्ने उद्देश्यले ‘Stress Management Techniques and Meditation Program 2026’ सम्पन्न भएको छ। वेस्टर्न मेगा कलेज बुटवल १५ ढवाहामा सम्पन्न भएको छ ।
कार्यक्रममा तनावका कारण, यसले पार्ने प्रभाव तथा तनाव न्यूनीकरणका व्यावहारिक उपायबारे सहभागीलाई जानकारी गराइएको थियो। साथै ध्यान, Mindfulness तथा सकारात्मक सोचको विकासमार्फत मानसिक शान्ति र स्वस्थ जीवनशैली कायम गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा NGH Certified Hypnotherapist तथा Shamanic Healer लगायतका विज्ञहरूको सहभागिता रहेको थियो। सहभागीलाई दैनिक जीवनमा तनाव व्यवस्थापन गर्ने तरिका, ध्यानको अभ्यास तथा मानसिक स्वास्थ्यलाई सन्तुलित राख्ने उपायबारे जानकारी दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीको शैक्षिक सफलतासँगै उनीहरूको मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले अध्ययन, करियर र व्यक्तिगत जीवनमा आउने तनावलाई समयमै व्यवस्थापन गर्न सके सकारात्मक सोच, आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुने बताउनुभयो।उहाँले ध्यान तथा Mindfulness लाई दैनिक जीवनको अभ्यासका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले विद्यार्थी तथा युवालाई तनाव व्यवस्थापन गर्दै स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो।
कार्यक्रममा Bachelor of Information Technology (BIT), Bachelor of Science (Hons.) in Hospitality Management (BHM) तथा Master of Business Administration (MBA) लगायतका शैक्षिक कार्यक्रमबारे समेत जानकारी दिइएको थियो





प्रतिकृया दिनुहोस