प्रथम गुल्मी चारपाला दरबार फुटसल प्रतियोगिता बुटवलमा हुंदै
बुटवल, मंसिर ११
प्रथम ‘गुल्मी चारपाला दरबार फुटसल प्रतियोगिता बुटवलमा हुंदै बुटवल । युवाहरूबीच एकता, सद्भाव र खेलकुदका माध्यमबाट गुल्मी जिल्लाको ऐतिहासिक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘प्रथम गुल्मी चारपाला दरबार फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। गुल्मी चारपाला दरबार फुटसल समूहको आयोजनामा यही मङ्सीर १२ र १३ गते रूपन्देहीको बुटवल, जानकीनगरस्थित मोनालिसा मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गुल्मीको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्नु प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ।
विशेषगरी तत्कालीन गुल्मी राज्यको राजधानीका रूपमा परिचित ऐतिहासिक ‘चारपाला दरबार’ लगायत सिङ्गो जिल्लाका धरोहर, कला र संस्कृतिलाई देश तथा विदेशमा चिनाउन यो अभियान सुरु गरिएको हो। गुल्मी चारपाला दरबार फुटसल समूहका अध्यक्ष दिलिप कंडेल र प्रतियोगिता संयोजक विक्रम खत्रीको सक्रिय नेतृत्व तथा व्यवस्थापनमा प्रतियोगिताको तयारी पूरा ऊएक छ। अध्यक्ष कंडेल तथा संयोजक खत्रीका अनुसार चारपाला दरबारको तस्बिर अङ्कित टी–सर्ट लगाएर आफ्नो ठाउँको पहिचान फैलाउने सोचबाट सुरु भएको यो प्रयास अहिले एक सशक्त सामूहिक अभियान बनेको छ।
यस अभियानको परिकल्पना, निरन्तर समन्वय र युवाहरूलाई एकीकृत गर्न बाजु विवेक रायमाझीले महत्त्वपूर्ण भूमिका खेल्नुभएको आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा कुल २० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको प्रथम हुने टोलीले नगद रु. ५५ हजार ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद रु. ३० हजार ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
खेलकुदलाई स्वास्थ्य, युवा एकता र राष्ट्र निर्माणको माध्यम बनाउँदै समाजमा सकारात्मक सन्देश फैलाउने लक्ष्य राखिएको यस प्रतियोगितालाई सफल बनाउन विभिन्न संघसंस्था, व्यवसायी तथा शुभचिन्तकहरूले आर्थिक, भौतिक तथा नैतिक सहयोग पु¥याएका छन्। अध्यक्ष दिलिप कंडेल र संयोजक विक्रम खत्री लगायत सम्पूर्ण आयोजक टिमले प्रतियोगिता अवलोकन गरी खेलाडीहरूलाई हौसला प्रदान गर्न सम्पुर्णमा अपिल गरेका छन्।





प्रतिकृया दिनुहोस